No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आगामी वैशाखमा विराटनगरमा‘फर्स्ट फ्लाएर्स फिल्म अवार्ड’ आयोजना हुने

0

काठमाडौं । ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस् मुम्बइको डिजाइनमा ‘फर्स्ट फ्लाएर्स फिल्म अवार्ड–०७९’ आयोजना गर्ने भएको छ । आगामी वैशाख २४ गते विराटनगरमा आयोजना गरिने अवार्डबारे आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

मोफसलमा समेत नेपाली फिल्मको विकास, विस्तार र उन्नतिको लक्ष्य लिएर पहिलो संस्करण विराटनगरमा आयोजना गर्न लागिएको आयोजक संस्थाका प्रमुख तथा कार्यक्रम निर्देशक साइमन राजवंशीले बताए । उनले भने, ‘विराटनगरजस्तो ठूलो शहरमा समेत नेपाली फिल्मको बजार उच्च छैन । कतिपय राष्ट्रियस्तरका कलाकारलाई समेत दर्शकले चिन्दैनन् । त्यसैले यो अवार्डले नेपाली फिल्म तथा कलाकारप्रति दर्शकको अभिरुचि बढाउने विश्वास लिएका छौं ।’ कोरियोग्राफरका रुपमा स्थापित साइमनले अवार्ड कार्यक्रम भव्य हुने दावी गरे ।

‘मैले केही वर्ष मुम्बइमा काम गरेको अनुभव र त्यहाँको साइमन फिल्मस्को डिजाइनअनुरुप भब्यताका साथ कार्यक्रम गर्ने योजना छ, उनले भने । कार्यक्रममा प्रमुख अतिथि अभिनेता सरोज खनालले नेपाली फिल्मको विकासमा यो अवार्डले टेवा पुर्याउने विश्वास व्यक्त गरे ।

उनले भने, ‘अधिकांश अवार्डहरु राजधानीमा मात्रै केन्द्रित भइरहेको पाइन्छ । तर फर्स्ट फ्लाएर फिल्म अवार्ड पहिलो पठक नै मोफसलमा हुन लाग्नु निकै खुशीको कुरा हो । अन्य अवार्ड भन्दा यो निश्चय नै विशेष हुने विश्वास छ ।’ अभिनेतृ तथा निर्देशक दीपाश्री निरौलाले विराटनगरमा अवार्ड हुन लागेको सुन्दा आफूलाई निकै खुशी लागेको बताइन् ।

‘पहिलो संस्करण नै विराटनगरमा आयोजना हुन लागेको यो अवार्डले नेपाली फिल्को मोफसल बजार र कलाकारको मनोबल उच्च बनाउने छ भन्ने आशा मलाई छ ।’ कार्यक्रममा निर्देशक समाजका महासचिव जनकदीप पराजुलीले अवार्ड कार्यक्रममा गुणस्तरिय फिल्म निर्माणमा दवाव दिनुका साथै अब्बल कलाकारिताका लागि कलाकारलाई समेत प्रोत्साहित गर्ने धारणा राखे ।

उनले भने, ‘अवार्ड कार्यक्रम हुन नराम्रो होइन । तर अवार्डले कलाकारको मनोबल र स्वाभीमान बढाउनु पर्छ । यो अवार्ड वास्तवमै निष्पक्ष र गरिमामय हुने विश्वास लिएको छु ।’ आयोजक संस्थाका प्रमुख साइमनले अवार्ड शत प्रतिशत निष्पक्ष हुने दावी गरे । ‘हाम्रो अवार्डको जुरी को–को हुनुहुन्छ भन्ने कुरा अवार्ड कार्यक्रममै बताउने छौं,’ उनले भने–‘फिल्म हेरेर जुरीले जे निर्णय गर्नुहुन्छ, त्यही नै अन्तिम निर्णय हुनेछ । आयोजकको कुनै हस्तक्षेप रहने छैन ।’

कार्यक्रममा संचारकर्मी तथा फिल्म निर्देशक लक्ष्मण सुवेदी, कोरियोग्राफर कविराज गहतराज, नरेशवीर सिंहलगायतको उपस्थिति थियो । फिल्म सम्बन्धी विभिन्न २१ विधामा अवार्ड प्रदान गरिने समारोहको प्रमुख सल्लाहकारमा अनिश सिंह ठकुरी, कार्यक्रम संयोजकमा अशिमा धुतराज र सञ्जु सापकोटा, व्यवस्थापनमा बिमल धमला र कलाकार संयोजनमा आइपी आचार्य छन् ।

०७६, ०७७ र ०७८ चैत्र भित्र प्रदर्शन भएका फिल्महरु सहभागी हुने अवार्डको उत्कृष्ट ५ मनोनयन केही समयपछि सार्वजनिक गरिने बताइएको छ ।

प्रकाशित: १६ फाल्गुन २०७८, सोमबार ०३:२०

Leave a Reply