No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बहुदलीय व्यवस्थाको औचित्य समाप्त

नेपाल जस्तो देशमा स्वर्गीय श्री ५ महेन्द्रले जारि गरेको संविधान ०१९ लाई पुनःस्थापना गरि त्यस संविधानलाई सामान्य परिमार्जन गरि अधि बढ्नुको विकल्प छैन ।

0
-हेमविक्रम सिलवाल-
विश्व राजनीतिमा जनमानसले लोकतन्त्रको परिभाषा बुझ्ने र आत्मसात गरेसकेपछी बहुदलीय प्रजातन्त्रको कुनै औचित्य रहेन । दुई वा दुई भन्दा बढी राजनीति दल हुँदैमा लोकतन्त्र हुने होइन । लोकतन्त्रमा जनता मा सार्वभौम अधिकार सम्पन्न भएपछी त्यसैलाई सार्थक लोकतन्त्र भनिन्छ ।
आज आएर विश्वव्यापी नै जनस्तरमा लोकतन्त्रको परिभाषा मानव जातिले बुझिसके । पुराणमा पनि लोकन्त्रको परिभाषा त्रेतायुग ‘ द्वापर युग मा पनि परिभाषित गरिएका ग्रन्थहरू पाइन्छन् । कुनै पार्टीले आज आएर घोषणा पत्रमा लेखेकै भरमा लोकतन्त्र मानव अधिकार बाल अधिकार ‘ शिक्षा ‘ स्वस्थ्य ‘ रोजगार ‘ विकास . समृद्धि लेख्दैमा उसमा रहेका पुरातनिक सोच र आफूमा भएको सामन्तवाद कुण्ठा त्याग्दैन ‘ कागजी खेश्रामा लेखिएको र व्यवहारत नउतारिएका सिद्धान्तहरुलाई जनता ढाँट्ने हतियारको रूपमा प्रयोग बाहेक केही हुन सक्दैन ।
नेपाल जस्तो देशमा ७१ बर्षको प्रजातन्त्रिक अभ्यास मा जनताको जीवनस्तर उठाउने ‘ रोजगारीको सिर्जना गराउने ‘ स्वास्थ्य शिक्षा निशुल्क गराउने ‘ गाँसबास रोजगारको व्यवस्था गर्ने भन्ने नारा ‘ चाहे कांग्रेसको चाहे एमाले को कुरा नगर्नुस् चाहे सर्वहारा जनताको अधिनायकवाद ल्याउँछु भन्ने एकीकृत माओवादी केन्द्र हुन् वा जुनसुकै दल हुन चुनावको समयमा यी जनता झुक्याउने नारा मात्रै हुन् ।
आज अर्थतन्त्र डाँवाडोल हुने अवस्था सिर्जना भएको छ । स्वतन्त्रताको नाममा धनी भएर पनि भेनेजुएला जस्तो धनी राष्ट्र आज टाथ पल्टेको छ । जनतालाई आयमूलक औद्योगिक क्रान्ति नगर्दा अनावश्यक रूपमा सुविधा दिएको परिणाम हो । राज्य सञ्चालन गर्न कार्यकर्ता होइन योग्य शासक चाहिंदो रहे छ । छिमेकी चिढाउँदा को अवस्था हालसालै युक्रेन र रसियाको अवस्था सिर्जना हुन सक्छ ।
नेपालले अंगालेको पञ्चशील को आधारमा असंलग्न परराष्ट्रनीति नै हो । आज पछिल्लो परिघटनाले आफ्नो नीति बाट नेपाल चुकेको छ । त्यस्को परिणाम कस्तो भोग्नु पर्ने हो भविष्य ले नै निर्धारण गर्नेछ । नेपाल जस्तो देशमा बहुदलीय व्यवस्था को औचित्य समाप्त हुन खोजेको संकेत हो । हामीले २००४ सालदेखि ०७२ सम्म सातवटा संविधान जारी गर्यौँ । नेपाल जस्तो देशमा स्वर्गीय श्री ५ महेन्द्रले जारि गरेको संविधान ०१९ लाई पुनःस्थापना गरि त्यस संविधानलाई सामान्य परिमार्जन गरि अधि बढ्नुको विकल्प छैन ।
जय गुरु गोरख ।
हेम विक्रम सिलवाल – संयोजक
स्वतन्त्र नागरिक समाज
पीपलबोट, पाटनढोका ।
May be an image of 1 person and indoor
प्रकाशित: २१ फाल्गुन २०७८, शनिबार ११:४४

Leave a Reply