No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपालसँग पपुवा न्युगिनी १५ रनले पराजित

0

काठमाडौं । त्रिदेशीय टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले हराएको छ । नेपालले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको पीएनजी १९ ओभर २ बलमा एक सय ६८ रनमा अलआउट भयो । पीएनजीका नोरमान भानुआले सर्वाधिक ५२ रन बनाए । यस्ते सेसे बाउले ३०, चार्ल्स अमिनीले २२ र लेगा सिकाले २१ रन जोडे ।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने र करण केसीले तीन/तीन विकेट लिए । यस्तै अविनाश बोहराले दुई र सोमपाल कामीले एक विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ८३ रन बनायो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ४३ रन बनाए । यस्तै रोहित पौडेलले ३४, आरिफ शेखले ३१ र कुशल भुर्तेलले २० रन जोडे ।

बलिङतर्फ पीएनजीका एली नाओ, चाद सोपर र चार्ल्स अमिनीले २/२ विकेट लिए । नेपाल, मलेसिया र पपुवा न्युगिनी (पीएनजी) सम्मिलित त्रिदेशीय टी–२० शृङ्खला आजदेखि सुरु भएको हो । नेपालले दोस्रो खेलमा पर्सि बुधवार मलेसियासँग र आगामी बिहीबार पपुवा न्युगिनीसँग खेल्ने छ ।

प्रकाशित: १४ चैत्र २०७८, सोमबार १०:४५

Leave a Reply