No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एमालेलाई जनताको साथ छ, बैशाखी चाहिँदैनः अध्यक्ष ओली

0

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कसैको बैशाखीको साहारा नचाहिने बताएका छन् । सोमबार कपिलवस्तुमामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली कांग्रेसले निर्वाचनमा एक्लै जान डराएर बैशाखी टेक्नु परेको भन्दै एमालेका लागि कसैको बैशाखीको साहारा नचाहिने बताएका हुन् ।

उनले भने,‘कांग्रेसलाई जहिले पनि आफू साँढे गोरु जस्तो लाग्थ्यो, तर अहिले यतापट्टी एउटा बैशाखी टेकेको छ, अर्कोतिर बैशाखी टेकेको छ, बैशाखी पनि भर नभएको ।’ उनले आगामी निर्वाचनमा सबै दल मिलेर आएपनि एमालेसँग कसैले पनि जित्न नसक्ने ठोकुवा गरे । अब मुलुकको समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न देशलाई एमालेको विजय चाहिएको बताए ।

उनले भने,‘देशमा सामाजिक न्याय, समानता, सद्भावका लागि एमाले चाहिएको छ । देशको आर्थिक प्रगतिको लागि, शिक्षाका लागि, स्वास्थ्यका लागि एमाले चाहिएको छ। एमालेलाई विजयी बनाउनुस्।’

नेकपा एमाले देशलाई पछाडि धकल्ने, जनतालाई अल्मलाउने पार्टी र सरकार नभएको भन्दै जनतालाई सचेत बनाउने, विभेद हटाउने, समानता सद्भाव राख्ने पार्टी रहेको दावी गरे ।

उनले निर्वाचनको समयमा कुनै पनि व्यक्तिले भड्काउन सक्ने भन्दै त्यसतर्फ सजग हुनु सबैलाई आग्रह गरे । उनले भने,‘जव चुनाव नजिक आउँछ। देश एकजुट भएर अगाडि बढ्न खोज्छ त्यो बेला साम्प्रदायिक दंगा भडकाउने काम हुन्छ । मधेश र पहाडि भनेर झगडा लाउने प्रयास हुन्छ । यसमा सवै सचेत हुन पर्छ ।’

प्रकाशित: १४ चैत्र २०७८, सोमबार १३:२६

Leave a Reply