No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अनिता चलाउनेको ‘लैजाऊ लैजाऊ’

0

काठमाडौं । गायिका एवं सञ्चारकर्मी अनिता चलाउनेले ‘लैजाऊ लैजाऊ’ नामको म्युजिक भिडियो बजारमा ल्याएकी छन् । उनी र गायक प्रवीण वेडवालको स्वर रहेको उक्त म्युजिक भिडियो गत आइतबार सार्वजनिक गरिएको हो ।

नेभर माइन्ड रेष्ट्रोको लगानीमा निर्माण गरिएको भिडियोमा अर्जुन पोखरेलको शब्द र सङ्गीत तथा निर्देशन र कोरियोग्राफी रामजी लामिछानेको रहेको छ । नायक आर्यन सिग्देल र नायिका केकी अधिकारी तथा नायक आकाश श्रेष्ठ र नायिका रुबिना थापालगायत थुप्रै चर्चित कलाकारको अभिनय रहेको उक्त भिडियोमा गीतको छायाङ्कन मानकृष्ण महर्जन र सम्पादन बान्दै प्रसादले गरेका छन् ।

प्रकाशित: २२ चैत्र २०७८, मंगलवार ०८:१४

Leave a Reply