No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘हाम्रो स्वर्गको’ जुम्लाको पटमाराबाट छायाँकन शुरु

0

काठमाडौं । निर्देशक शोभित बस्नेतको निर्देशनमा नयाँ फिल्म ‘हाम्रो स्वर्गको’ जुम्ला जिल्लाको पटमाराबाट छायाँकन शुरु गरेको छ । फिल्ममा मेनुका माझी, नवदत्त न्यौपाने, सुइन्जा सुनाम, शान्ता दाहाल, लालबहादुर रोकाया ललितजङ्ग महतलगायत कलाकारको मुख्य भूमिका रहेको छ ।

फिल्ममा, ज्ञानकुमार कटेल छायाँकन र गौतमराज खड्काको, सम्पादन रहने छ । निर्देशक बस्नेतका अनुसार फिल्ममा यार्सागुम्बा टिप्ने मान्छेहरुको कथालाई चित्रण गरिनेछ । कर्णाली प्रदेशवासीको भाषा भेषभुषा र रहनसहनलाई प्रस्तुत गरिने फिल्मले एउटा पृथक र वास्तविक कथा भन्ने निर्माण पक्षले जनाएको छ । फिल्म कर्णाली प्रदेशका हुम्ला जुम्ला डोल्पा मुगु कालिकोट जाजरकोट लगायत १० वटै जिल्लामा छायाँकन गरिनेछ ।

एनएसके मिडिया नेपालको व्यानरमा निर्माण हुने फिल्ममा शान्ता शर्माको लगानी रहनेछ । फिल्ममा नवदत्त न्यौपानेको संगीत, रामकृष्ण बुड्थापाको कथा र रामजी राउतको मुख्य सहायक निर्देशक रहेको छ ।

 

प्रकाशित: ९ बैशाख २०७९, शुक्रबार १७:२०

Leave a Reply