No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

३४ अंकले घट्यो नेप्से

0

काठमाडौं । आइतबार ९६ अङ्कले बढेको शेयर बजार सोमबार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से सोमबार ३४ दशमलव ९५ अङ्कले घटेर दुई हजार तीन सय ८६ दशमलव शून्य एक विन्दुमा झरेको छ । सोमबार होटल र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, लघुवित्त, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

दुई सय ३९ वटा कम्पनीका ५० लाख ४७ हजार कित्ता शेयर दुई अर्ब चार करोड २२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको आठ करोड ११ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सेन्ट्रल फाइनान्सको शेयर सबैभन्दा धेरै झन्डै साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घट्दा पनि जालपा लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

प्रकाशित: १२ बैशाख २०७९, सोमबार १०:४६

Leave a Reply