No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाल टी–२० लिगको घोषणा

0

काठमाडौँ ।  नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो आधिकारीक ट्वान्टी–२० क्रिकेट लिग भन्दै नेपाल टी–२० लिगको सोमबार घोषणा गरेको छ। उसले यो लिगलाई राष्ट्रिय खेलकुद परिषद् राखेपको अनुमति दिएको बताएको छ। भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स नाम गरेको कम्पनीलाई रणनीतिक र व्यापारिक साझेदार बनाइएको लिगले नेपाली क्रिकेटको स्तरलाई उकास्ने क्यानको भनाइ छ।

केही महिनाअघि धनगढीमा भएको क्यान साधारण सभामा सेभेन थ्री स्पोर्ट्सकै सहयोगमा लिग आयोजना गर्ने निर्णय गरेको थियो। खेलकुदमन्त्री महेश्वरजंग गहतराजले क्यानले आयोजना गर्न लागेको यो प्रतियोगिताले देशको अर्थतन्त्र र पर्यटनमा टेवा पुग्ने जिकिर गरेका छन्।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले चाहिँ यो लिगको माध्यमबाट नेपाली क्रिकेट अन्तर्राष्ट्रिय ट्वान्टी–२० लिगहरूको संरचनामा प्रवेश गर्ने दाबी गरेका छन्। यता राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले क्रिेकटलाई करियर बनाउन चाहने नेपाली युवाहरूका लागि यो लिग गतिलो अवसर भएको प्रतिक्रिया दिएका छन्।

प्रकाशित: १२ बैशाख २०७९, सोमबार १७:०८

Leave a Reply