No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

समाजवादी विद्यार्थी युनियनका नेता एमाले प्रवेश

0

प्रकाश तिवारी, वीरगंज । वीरगञ्जका युवा विद्याथीहरु नेकपा एमाले प्रवेश गरेका छन् । समाजवादी विद्यार्थी युनियनका विद्यार्थी नेता वडा २२ मनियारीका पवन यादवको नेतृत्वमा २० जना युवाहरुको समूह नेकपा एमालेमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई नेकपा एमालेका वीरगञ्ज महानगरपालिकाको प्रमुखका उम्मेदवार विजयकुमार सरावगी लगायतले पार्टीमा स्वागत गरेका हुन् ।

उनीहरुलाई स्वागत गर्दै नेता सरावगीले एमालेको महत्वलाई बुझेर युवाहरुले पार्टी प्रवेश गरेकोमा खुशी व्यक्त गरे । साथै सरावगीले निर्वाचनमा निर्धक्क भई भयरहित वातातरणमा सम्पुर्ण मतदातालाई मत हाल्ने वातारणको श्रृजना गरि आफ्नो जिम्मेवारी निर्वाह गर्न पनि नव प्रवेशी युवाहरुलाई आग्रह गरे ।

एमालेको सरकारले मात्रै वीरगञ्जको विकासका लागि युवाहरु परिचालन गरि युवा मैत्री समाज निर्माण गर्ने भन्दै सम्पूर्ण युवाहरुलाई एमालेमा विश्वास गर्न आग्रह गरे । उनले एमालेलाई बलियो बनाउँदै विजय गराउन आवश्यक रहेकोमा जोड दिंदै वीरगञ्जको समग्र विकासका लागि युवाहरुलाई एक जुट हुन आग्रह गरे । उनले राजनीतिको खोल ओडेर गुण्डागर्दी गर्दै हिँड्नेहरुलाई युवाहले तह लगाउने बेला आएको बताए ।

प्रकाशित: १३ बैशाख २०७९, मंगलवार ०८:५०

Leave a Reply