No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शेयर बजार ५ अङ्कले बढ्यो

0

काठमाडौं । शेयर बजार बुधबार सामान्य अंकाले बढेको छ । बुधबार नेप्से पाँच दशमलव १७ अङ्कले बढेर दुई हजार तीन सय ७६ दशमलव १७ विन्दुमा पुगेको छ ।

आज बैंक, व्यापार, लघुवित्त र म्युचल फन्ड बाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । आज दुई सय २८ कम्पनीका २८ लाख ८५ लाख कित्ता शेयर एक अर्ब आठ करोड रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो कम्पनीको पाँच करोड २१ लाख रुपैयाँको शेयर किनबेच भएको छ । शेयर बजार बढेको दिन जालपा लघुवित्तको शेयर १० प्रतिशतले र नेपाल फाइनान्सको शेयर झन्डै सात प्रतिशतले बढेको छ । माउन्टेन इनर्जी नेपाल र मानुषी लघुवित्तको शेयर भने तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रकाशित: १४ बैशाख २०७९, बुधबार १०:०७

Leave a Reply