No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पुष्प र सुधीरको मन ‘स्त्री जातैले’ बिगारेपछि…

0

काठमाडौं । गीतकार डीआर उपाध्यायको शब्दमा तयार भएको ‘स्त्री जातैले’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार उपाध्यायले वल्र्ड रेकर्डमा विभिन्न कृतिको माध्यमबाट नाम लेखाइसकेका छन् । प्रताप दास र रचना रिमालको स्वरमा समावेश यो गीतमा बाबुल गिरीको संगीत छ । बाबुलले यो गीतलाई डान्सिङ बिटमा तयार पारेका छन् ।

गीतको भिडियोमा पुष्प खड्का, सुधीर श्रेष्ठ, उषा उप्रेती, प्रियाना आचार्यको नृत्य हेर्न सकिन्छ । दुई हट सुन्दरीको अगाडि मदिराले मात्तिएका दुई पुरुषले स्त्री जातैले मन विगारेको कुरा गरेको गीतमा सुन्न सकिन्छ ।
माइकल चन्दले भिडियोलाई आकर्षक बनाएका छन् । भिडियोमा उत्सव दाहालको छायाँकन, शिलन लम्सालको सम्पादन छ ।

प्रकाशित: २२ बैशाख २०७९, बिहीबार ०६:२७

Leave a Reply