No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाल जिम्बावे ’ए’ सँग पराजित

0

काठमाडौं । जिम्बावे ’ए’ सँगको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाल तीन विकेटले पराजित भएको छ । शुक्रबार नेपालले दिएको एक सय ३७ रनको सामान्य लक्ष्य जिम्बावे ’ए’ ले २७ ओभरमा सात विकेट गुमाएर भेटायो । जिम्बावे ए ’का’ लागि इनोसेन्ट कायाले नटआउट ४८ रन बनाए । सेफास झुवाले ३२ र ब्राड इभान्सले नटआउट १७ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने र करण केसीले दुई÷दुई विकेट लिए । यस्तै सोमपाल कामी र सागर ढकालले एक÷एक विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३१ ओभर ३ बलमा एक सय ३६ रनमै अलआउट भयो ।

नेपालका लागि सोमपाल कामीले ३०, करण केसीले २५, कुशल भुर्तेलले १९ र दीपेन्द्रसिंह ऐरीले १८ रन बनाए । बलिङतर्फ जिम्बावे ’ए’ का लागि ब्राड इभान्सले चार विकेट लिए । नेपाल र जिम्बावे ’ए’ ले तीन खेलको एकदिवसीय शृङ्खला खेल्न लागेका हुन् । अब दोस्रो एकदिवसीय खेल भोलि शनिबार हुनेछ भने तेस्रो एकदिवसीय सोमबार हुनेछ ।

प्रकाशित: २३ बैशाख २०७९, शुक्रबार ०९:०९

Leave a Reply