No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेप्से १२ अंकले बढ्यो

0

काठमाडौं । शेयर बजार सोमबार पनि उकालो लागेको छ । आइतबार झन्डै १८ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से सोमबार १२ दशमलव २७ अङ्कले बढेर दुई हजार दुई सय ६८ दशमलव ८४ विन्दुमा पुगेको छ । आज होटल, विकास बैंक, जीवन बीमा र लगानी समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ ।

दुई सय २२ कम्पनीका ३३ लाख २४ हजार कित्ता शेयर एक अर्ब ३९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको सात करोड ८३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज जालपा लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि हिमालयन ऊर्जा विकास कम्पनी, स्वरोजगार लघुवित्त विकास बैंक र गुहेश्वरी मर्चेण्ट बैंकको शेयर सबैभन्दा धेरै तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रकाशित: २६ बैशाख २०७९, सोमबार १०:२७

Leave a Reply