No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रोल्पाको गङ्गादेवमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप

0

रोल्पा । रोल्पाको गङ्गादेव गाउँपालिका–५ मा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच गए राति झडप भएको छ । झडपमा परी कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन् ।

घाइते हुनेमा कांग्रेस तरुणदलका वडाध्यक्ष मानबहादुर बुढामगर र सोही वडाका २० वर्षीय कमल बुढामगर छन् । माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरी सख्त घाइते बनाएको कांग्रेस गङ्गादेव गाउँपालिकाका कार्यकर्ता सुनिल वलीले जानकारी दिए । तरुणदलका वडाध्यक्ष बुढामगरको अवस्था गम्भीर छ ।

उनलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ । घटनापछि प्रहरी नायब उपरीक्षक विनोद घिमिरे नेतृत्वको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थमन जिसीले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए ।

प्रकाशित: २७ बैशाख २०७९, मंगलवार ०३:३०

Leave a Reply