No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पोर्टो रिकोनजिकै डुङ्गा पल्टिँदा एघार जनाको मृत्यु

0

पोर्टो रिकोको तटमा डुङ्गा पल्टिँदा ११ जनाको मृत्यु भएको छ । ३१ जनालाई जीवित उद्धार गरिएको तटीय गार्डले ट्वीटमार्फत जानकारी दिएका छन् । उद्धार गरिएका यी व्यक्तिहरुमा ११ महिला र २० पुरुष रहेका जनाइएको छ ।

एघार जना भने मृत्यु भएको छ । पोर्टो रिकोको डेसेचियो टापुबाट करिब १९ वर्गकिलोमिटर उत्तरमा गैरकानूनी रुपमा यात्रामा रहेको एक डुङ्गा पल्टेको जनाइएको छ । डुङ्गामा सवार धेरै मानिसहरू हाइटीका रहेका थिए ।

यो डुङ्गामा कति जना थिए भन्ने स्पष्ट छैन । दुर्घटनाको कारणलगायत सवै विषयको अनुसन्धान जारी रेहको जनाइएको छ । पोर्टो रिको एक क्यारिबियन टापु र असंगठित अमेरिकी क्षेत्र हो ।

प्रकाशित: ३० बैशाख २०७९, शुक्रबार ०८:०७

Leave a Reply