No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

लगानी बोर्ड र नबिल बैंकबीच सम्झौता

0

काठमाडौं । लगानी बोर्ड र नबिल बैंकबीच पूर्वाधार विकासको लागि रणनीतिक योजनामा सम्झौता भएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोर्ड र बैंकबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । पूर्वाधार विकासको लागि रणनीतिक योजना सहमति पत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले हस्ताक्षर गरेका छन् ।

उनले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले २०६८ सालमा प्रधानमन्त्री बनेको बेला अर्थात १० वर्ष अगाडि लगानी बोर्ड स्थापना गर्न भिजन बनाएको बताए । शाहले लगानीकर्तालाई एउटै ठाउँबाट सबै सेवा दिन योजना बनाएर पनि बोर्ड बस्ने कार्यालयसमेत नपाएको अनुभव सुनाए । तर अहिले यही बोर्डसँग पूर्वाधार निर्माणको लागि सहकार्य गर्न पाउँदा खुशी लागेको उनले बताए ।

उनले लगानी बोर्डले १० वर्षमा २७ वटा परियोजनामा ८ खर्ब ३३ अर्ब लगानीको लागि स्वीकृति दिएको बताए । त्यस्तै, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले ठूला पूर्वाधार निर्माण नै देशको आर्थिक सामाजिक विकासको लागि मुख्य फाउण्डेशन भएको बताए । प्रमुख कार्यकारी अधिकृत भट्टले लगानी बोर्डमा कार्यान्वयन तहमा पुगेको ४ वटा परियोजनाहरुको अनुमानित लागत ३ खर्बको रहेको बताए ।

प्रकाशित: ४ जेष्ठ २०७९, बुधबार १७:२९

Leave a Reply