No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शेयर बजारमा सामान्य बृद्धि

0

काठमाडौं । शेयर बजार नेप्से बिहीबार ८ दशमलव ०३ अङ्कले बढेर दुई हजार दुई सय ३९ दशमलव ६० विन्दुमा पुगेको छ । बिहीबार बैंक, व्यापार, बीमा, उत्पादन, माइक्रोफाइनान्स, म्युचल फन्ड र लगानी समूहको शेयर सामान्य बढेको छ । विकास बैंक, जलविद्युत्, होटल र अन्य समूहको शेयर भने घटेको छ । नेप्से बढे पनि कारोबार रकम भने घटेको छ ।

दुई सय २२ वटा कम्पनीको २३ लाख २४ हजार कित्ता शेयर ८८ करोड ९८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै मेगा बैंकको पाँच करोड ४२ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै मेगा बैंकको शेयर १० प्रतिशत र नारायणी विकास बैंकको शेयर ६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुराँस लघुवित्त कम्पनीको शेयर झन्डै साढे पाँच प्रतिशतले घटेको छ ।

प्रकाशित: १२ जेष्ठ २०७९, बिहीबार १०:३२

Leave a Reply