No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

फिनल्यान्ड र स्वीडेनले नेटोको सदस्यता पाउने

0

नेटो सदस्य राष्ट्र टर्कीले स्वीडेन र फिनल्यान्डको सङ्गठनमा सदस्यतालाई समर्थन जनाएको छ । यसअघि टर्कीले स्क्यान्डिनेभियाली देशहरूको यस सैन्य गठबन्धनमा सामेल हुने कुराको विरोध गरेको थियो । स्वीडेन र फिनल्यान्डले कुर्दिश लडाकुहरूलाई संरक्षण गर्न चाहेको देखिएपछि टर्की रुष्ट भएको थियो। यी दुवै देश टर्कीको समर्थन बिना नेटोमा आबद्ध हुन सक्दैनन् ।

रुसले नेटोमा यी दुवै राज्यको सदस्यताबारे कडा विरोध गर्छ र उसले पश्चिमको रक्षात्मक सैन्य गठबन्धनको विस्तारलाई युक्रेन युद्धको औचित्य पुष्टि गर्न प्रयोग गरेको छ ।

तर युक्रेनमा मस्कोको आक्रमणले ठीक विपरीत प्रभाव पारेको छ र अब यी दुई देशलाई नेटोमा सामेल हुन बाटो खुला भएको छ । यसैबीच तीन देशका विदेशमन्त्रीहरूले टर्कीको चिन्तालाई सम्बोधन गर्ने संयुक्त सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् ।

नेटो महासचिव येन्स स्टोल्टेनबेर्गले शङ्कास्पद लडाकुहरूलाई सुपुर्दगी गर्न टर्कीको अनुरोध अनुरूप स्वीडनले थप काम गर्ने सहमति जनाएको बताएका छन् । दुवै नर्डिक राष्ट्रहरूले टर्कीलाई अस्त्र बेच्न लगाएको प्रतिबन्ध समेत हटाउने उनले बताए ।

प्रकाशित: १५ असार २०७९, बुधबार ०२:४५

Leave a Reply