No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भारतमा उपराष्ट्रपतिको निर्वाचन अगस्ट ६ मा हुने

0

भारतमा उपराष्ट्रपतिको निर्वाचन आगामी अगस्ट ६ मा हुने भएको छ । निर्वाचन आयोगले बुधबार मिति घोषणा गर्दै निर्वाचनका लागि तयारी सुरु भइसकेको जानकारी दिएको छ । वर्तमान उपराष्ट्रपति एम वेकैया नायडुको कार्याकाल यही अगस्ट १० मा सकिने भएकाले नयाँ उपराष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो ।

म्याद सकिनु तीन दिनअघि नै निर्वाचन हुने भएको छ । त्यसका लागि जुलाई १९ मा उम्मेदवारी दर्ताको अन्तिम दिन तोकिएको छ । त्यसैगरी उम्मेदवारी फिर्ताको अन्तिम मिति भने जुलाई २२ लाई राखिएको छ । निर्वाचन आयोगले बुधबार निर्वाचन अन्तिम तालिका सार्वजनिक गरेको छ । अब त्यहीअनुसार काम हुने आयोगको भनाइ छ ।

दुवै सदनका सदस्यहरूले निर्वाचक मण्डल प्रणालीमार्फत उपराष्ट्रपति चयनका लागि मतदान गर्ने व्यवस्था रहेको छ । मतदान गोप्य हुनेछ भने कुनै पनि राजनीतिक दलले ह्वीप जारी गर्न नपाउने संवैधानिक व्यवस्था रहेको छ ।

प्रकाशित: १५ असार २०७९, बुधबार १६:४९

Leave a Reply