No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

दक्षिण कोरियामा लगातार मूल्य वृद्धि

0

ऊर्जाको उच्च मूल्यका कारण दक्षिण कोरियामा आयातित सामानको मूल्यमा लगातार दोस्रो महिना पनि वृद्धि भएको केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।

बैंक अफ कोरिया (बीओके) का अनुसार जून महिनामा आयात मूल्य सूची १५४.८४ रहेकोमा यो एक महिना पहिलेको भन्दा ०.५ प्रतिशतको वृद्धि भएको छ ।

अघिल्लो बर्षको उक्त अवधिमा भन्दा यो सूचकाङ्क ३३.६ प्रतिशतले वृद्धि भएको छ । युरोपमा भौगोलिक जोखिमको कारण वस्तुको भाउ बढेकोले मे महिनामा ३.८ प्रतिशत बढेको र यसले दोस्रो महिना पनि निरन्तरता पाएको हो ।

दक्षिण कोरियाको बेन्चमार्क मानिने दुबईमा कच्चा पदार्थ जून महिनामा औसत ११३.२७ अमेरिकी डलर पुगेको छ जुन एक महिना पहिलेको भन्दा ४.७ प्रतिशतको वृद्धि हो ।

आयात गरिएका खानी उत्पादनको मूल्य मासिक आधारमा जून महिनामा ३.८ प्रतिशतले वृद्धि भएको तर औसत वस्तुको मूल्य १.५ प्रतिशतले घटेको देखिएको छ ।

आयातित पूँजीगत वस्तुको मूल्य गत महिना ०.१ प्रतिशत थपिए पनि उपभोक्ता मूल्य भने अपरिवर्तित रहेको तथ्याङ्कले देखाएको छ ।

प्रकाशित: ३१ असार २०७९, शुक्रबार १३:१६

Leave a Reply