No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘प्रेमगन्ज’को ट्रेलर सार्वजनिक

0

काठमाडौं । आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘प्रेमगन्ज’को ट्रेलर सार्वजनिक गरिएको छ । परिच्छेद सेनको डेब्यू निर्देशन रहेको सिनेमाको साढे तीन मिनेट लामो ट्रेलरले दुई पुस्ताको प्रेमकथालाई आकर्षक दृश्यसहित वाचन गर्ने प्रयास गरेको छ । लभस्टोरी सिनेमामा तेज गिरि, बेनिशा हमाल, राइडर प्रशन, सुप्रिया खनाल र सिमरन खड्कालाई देख्न सकिन्छ ।

सिनेमाले दुई कालखण्डको प्रेमकथालाई प्रस्तुत गरेको छ । सार्वजनिक ट्रेलरबाट तेज र बेनिशाले युवा उमेरको मैनाराजाको भूमिकामा अभिनय गरेका छन भने प्रशन, सुप्रिया र सिमरनले टिनएजर मैना राजाको भूमिका निर्वाह गरेको बुझ्न सकिन्छ ।

सिनेमाको ट्रेलर सुरक्षा पन्तको मनोलगसँगै सुरु भएको छ । तर निर्माण टिमका अनुसार सिनेमाभित्र सुरक्षा पन्त अतिथि भूमिकामा मात्र रहेकी छिन् । ट्रेलरमा भने उनले कथा वाचकको जिम्मेवारी निर्वाह गरेकी छिन् ।

अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको सिनेमालाई परिच्छेद स्वयंले लेखेका हुन् । चलचित्र चातारीको ब्यानरमा निर्माण भएको सिनेमा नेपाललगायत भारतका केही सहरमा एकसाथ प्रदर्शन हुँदैछ । योसँगै सिनेमा युरोपका ४४ देशका सिनेमाघरमा पनि रिलिजको तयारी भइरहेको निर्माण टिमले जनाएको छ ।

प्रकाशित: १० श्रावण २०७९, मंगलवार १८:०५

Leave a Reply