No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अस्मिता जुरेलीको ‘यसपालीको तीज’

0

काठमाडौं । अस्मिता जुरेलीको तीज गीत यसपालीको तीजमा हामी विशेष मनाउनेको भिडियो रिलिज गरिएको छ । ओम सुनारको संगीत तथा सुशील शर्माको शब्द रचना रहेको गीतमा अस्मिता आफैंले स्वर भरेकी छन् । यस तीज गीतलाई संगीतकार सुनारले मौलिक तिज गीत भन्दा फरक पासचात्या शैलीको एरेन्जमेन्टलाई फ्युजन गरेर तयार पारेका हुन् ।

अस्मिता जुरेलीको अफिसियल युट्युबबाट सार्वजनिक गरिएकको भिडियोलाई उनी स्वयंमले निर्देशन गरेकी हुन् । गीतको भिडियो उनीसँगै जयकिशन बस्नेत, समिक्षा बिसी, सुष्मा दाहाल, इस्थार सुनाम, अनु पराजुली, भगवती खड्का, सविता राई, रेखा राई, मनिषा लकान्तरी र शिव बिकको अभिनय रहेको छ ।

शिव बिकको कोरियोग्राफी रहेको गीतमा अर्जुन तिवारीको छायांकन, मिलन विश्कर्माको कलर तथा सम्पादन गरेको भिडियोका पोस्टको काम ड्रयागन पिक्चर्सले गरेको हो ।

प्रकाशित: १३ श्रावण २०७९, शुक्रबार ११:१०

Leave a Reply