No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

फिल्म सोसाइटीको अध्यक्षमा अभिनेता मल्ल पुनः चयन

0

काठमाडौं । वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा पुनः चयन भएका छन् । सोसाइटीको साधारण सभाबाट उनी अध्यक्षमा पुनः चयन भएका हुन् ।

अध्यक्षमा पुनः नियुक्त भएपछि अध्यक्ष मल्लले नेपालको कलाकारिताको विकासमा आफू कटिबद्ध भइ लागिपर्ने बताए । यसैगरी सोसाइटीको उपाध्यक्षमा अभिनेता पुरन जोशी, मोहनकृष्ण श्रेष्ठ र नारायण प्रधान, महासचिवमा राजेन्द्रकुमार बिसुराल, सचिवमा टङ्कनाथ पौडेल र कोषाध्यक्षमा शङ्करलाल श्रेष्ठ निर्वाचित भएका छन् ।

यसैगरी सोसाइटीको सदस्यमा क्रमशः चेतबहादुर सिंह, सानुकुमार ताम्रकार, दुर्गा बिसुराल, सुनिल कटुवाल, वाईएल लामा, मधुकुमार श्रेष्ठ र सुभाष खड्का सर्वसम्मत चयन भएका छन् । नेपाल फिल्म सोसाइटीको शाखा अमेरिका र बेलायतमा समेत छ ।

प्रकाशित: २१ श्रावण २०७९, शनिबार ०७:५७

Leave a Reply