काठमाडौँ । नेपालमा थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा ५६१९ जनाको नमुना परीक्षण गर्दा ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै एक जनाको मृत्यु भएको छ । त्यस्तै ५२६ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५,२५९ पुगेको मन्त्रालयले जनाएको छ ।