No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘पापाकी परि’ युट्यूब ट्रेन्डिङमा

0

काठमाडौँ । ‘पापाकी परि’ म्युजिक भिडियो युटुब ट्रेन्डिङको आउन सफल भएको छ । भिडियो आशिष अभिरलको अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक भएको हो । शिव हमालको शब्द, आशिष अभिरलको संगीत रहेको गीतमा गायिका सुशीला पाठक र स्वयंम संगीतकार अभिरलको अवाज सुन्न सकिन्छ ।

छोटो समयमा यस गीतले लोकप्रियता पाएसँगै विवादमा पनि तानिएको थियो । यस म्युजिक भिडियोमा चर्चित मोडेल करिश्मा ढकाल, मौसम हिमाली, आशिष अभिरल र सुशीला पाठक लगायतका कलाकारहरुको अभिनय रहेको छ । तीज गीतमा आधारित म्युजिक भिडियोलाई निर्देशक मौसम हिमालीले निर्देशन गरेका हुन् भने छायाँकन नवराज उप्रेतीले गरेका छन् । भिडियोको एउटा दृश्यलाई लिएर चर्को आलोचना खेप्नुपरेको थियो ।

 

प्रकाशित: ९ भाद्र २०७९, बिहीबार १३:४१

Leave a Reply