No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘झिँगे दाउ’ र ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनमा

0

काठमाडौं । शुक्रबारदेखि दुई वटा नेपाली फिल्म ‘झिँगे दाउ’ र ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनमा आएका छन् । ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको सामाजिक कथामा आधारित ड्रामा कमेडी झिँगे दाउ र सुदर्शन थापाको निर्देशनमा बनेको रोमान्टिक फिल्म सम्हालिन्छ कहिले मन एकसाथ प्रदर्शनमा आएका हुन् ।

भिमनिधि तिवारीको कथामा आधारित ‘झिँगे दाउ’मा हिउवाला गौतम, मुकुन भुषाल, केकी अधिकारी, आँचल शर्मा र कुशल बिष्ट लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

त्यस्तै महेश दवाडीको लेखन रहेको फिल्म ‘सम्हालिन्छ कहिले मन’मा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोपदेनको मुख्य भूमिका रहेको छ । दुवै फिल्मले मल्टिप्लेक्समा २० देखि २५ प्रतिशतसम्म शो पाएका छन्।

 

प्रकाशित: १७ भाद्र २०७९, शुक्रबार ०६:४५

Leave a Reply