No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

दिनेश गौतमको ‘जुनकिरी’

0

काठमाडौं । गायक दिनेश गौतमको स्वरमा ‘जुनकिरी’ बोलको गीत सार्वजनिक भएको छ । सोमबार दिनेश गौतमको अफिसियल युटुब च्यानलमा गीत सार्वजनिक गरिएको हो । गीतमा रामकुमार एलनको शब्द र जोसेफ शाही ठकुरीले संगीत भरेका छन् । एस के बच्चनले गीतको एरेन्ज गरेका छन् ।

गीतमा छोरा–बुहारी धन कमाउँन लागेपछि बृद्ध बुवाको मनमा आउँने भाव लाई प्रस्तुत गरिएको छ । मनको बह मेटाउँन लिएको रक्सीको साहारालाई राम्रोसंग प्रष्ट्याइएको छ ।

भिडियोका निर्देशक प्रिन्स डेइनिल हुन् । सार्वजनिक भिडियोमा सुरेन्द्र केसी (मुलाको साग), सारदा गिरी, बिष्णु सापकोटा, रामचन्द्र अधिकारी, निशा खातुन, अमित ठाकुर र कृष्ण कान्त ठाकुरको अभिनय रहेको छ । कलाकारको अभिनय जिवन्त रहेको छ । गीतको अडियो र भिडियो दुबै बलियो रहेको छ ।

रबिन्द्र बरालको छायांकन रहेको भिडियोलाई टेक बहादुर शाहीले सम्पादन गरेका हुन् । सार्वजनिक भिडियो ‘जुनकिरी’ लाई रामचन्द्र गौतमले निर्माण गरेका छन् ।

प्रकाशित: २० भाद्र २०७९, सोमबार १६:२५

Leave a Reply