No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘हिजोआजका कुरा’को ट्रेलर सार्वजनिक

0

काठमाडौं । वरिष्ठ कलाकार सन्तोष पन्तको निर्माण रहेको चलचित्र हिजोआजका कुराको ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

आगामी असोज २८ गते प्रदर्शनको तयारीमा रहेको चलचित्रलाई सन्तोषका छोरा साकार पन्तले निर्देशन गरेका छन् । पन्त फिल्म प्रोडक्सनको प्रस्तुती रहेको चलचित्रमा सन्तोष पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, दिव्यदेव पन्त, साकार पन्त, जेविका कार्की, जयनन्द लामा लगायतको अभिनय छ ।

रवि सायमीको छायाँकन रहेको चलचित्रलाई विनय कंसाकारले सम्पादन गरेका हुन् । कार्यक्रममा बोल्दै अभिनेता दिव्यदेव पन्तले पहिलाकै कथावस्तुलाई अहिलेको प्रविधि सुहाउँदो गरेर चलचित्रमा उतारिएको बताए ।

झन्डै डेढ दशक नेपाल टेलिभिजनमा निरन्तर प्रशारण भएको ‘हिजोआजका कुरा’ लोकप्रिय टेलिसिरियलमा गनिन्छ । सोही नाम सापटी लिएर अहिले चलचित्र निर्माण भएको हो । चलचित्रको पहिलो गीत ‘ए जदौ मायाजदौ’ यसअघि नै हिट भइसकेको छ ।

 

 

प्रकाशित: २२ भाद्र २०७९, बुधबार ११:२२

Leave a Reply