No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भारतमाथि अस्ट्रेलियाको ४ विकेटको जित

0

काठमाडौँ । अस्ट्रेलियाले भारतविरुद्धको टी-२० सिरिजविरुद्ध विजयी शुरुवात गरेको छ । मंगलबार भएको सिरिजको पहिलो टी-२० खेलमा अस्ट्रेलियाले भारतलाई ४ विकेटले पराजित गर्दै सिरिजमा विजयी शुरुवात गरेको हो ।

भारतले दिएको २०९ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले क्यामरुन ग्रीनको ६१, म्याथ्यु वाडेको अविजित ४५ र स्टिभन स्मिथको ३५ रनको मद्धतले १९.२ ओभरमा ६ विकेट गुमाउदै खेल जितेको थियो ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले हार्दिक पाण्डेको अविजित ७१ र केएल राहुलको ५५ रनको मद्दतले २० ओभरमा ६ विकेट गुमाउदै २०८ रन बनाएको थियो ।

यो जितपछि अस्ट्रेलियाले ३ खेलको सिरिजमा १(० को अग्रता हासिल गरेको छ । अब सिरिजको दोस्रो खेल २३ सेप्टेम्बरमा नागपुरमा हुने छ ।

प्रकाशित: ४ आश्विन २०७९, मंगलवार १८:२०

Leave a Reply