No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नवौँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशबाट कुस्तीका १५ खेलाडी छनोट

0

धनुषा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेस प्रदेशबाट पाँच महिलासहित १५ खेलाडी छनोट भएका छन् । जनकपुरधामको कभर्डहलमा भएको प्रदेश स्तरीय प्रतियोगिताबाट उनीहरु छनोट भएका हुन् ।

छनोट हुनेमा बाराबाट ५७ किलो तौल समूहमा अमरेन्द्र यादव, ६१ किलोमा अमरेशकुमार यादव, ६५ किलोमा अर्जुनकुमार साह, ७४ किलोमा मुक्तार आलम, ७९ किलोमा बुनिलाल राउत र एक सय २५ किलोमा राज यादव छन् ।

त्यस्तै पर्साबाट ७० किलोमा मनोज यादव, ८६ किलोमा लालबहादुर यादव, ९२ किलोमा अवधेश यादव र ९७ किलोमा राजेश यादव छनोट भएका छन् ।

यस्तै महिलातर्फ छनोट हुने पाँच खेलाडीमा ५० किलो तौल समूहतर्फ बाराकी गीता यादव, ५३ किलोमा पर्साकी मधुकुमारी पटेल, ५५ किलोमा बाराकी प्रमिला कुमारी साह, ५७ किलोमा बाराकै किरण यादव र ६२ किलोमा पर्साकी निलम कुमारीरहेकी पटेल छिन् ।

प्रकाशित: ५ आश्विन २०७९, बुधबार ०३:४१

Leave a Reply