No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मैत्रीपूर्ण खेलका लागि बङ्गलादेशको फुटबल टोली नेपालमा

0

काठमाडौं ।  नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बङ्गलादेशको राष्ट्रिय फुटबल टोली गएराति नेपाल आएको छ । बङ्गलादेशको टोली राति साढे १२ बजे नेपाल आइपुगेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

टोलीलाई एन्फाका पदाधिकारीले विमानस्थलमा स्वागत गरेका थिए । नेपाल र बङ्गलादेशबीच असोज ११ गते मंगलबार दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल हुनेछ ।

बिहीबार कम्बोडियासँग मैत्रीपूर्ण खेल खेलेको टोली सिधै नेपाल आएको हो । यो खेलमा बङ्गलादेशले कम्बोडियालाई १–० ले हराएको थियो ।

नेपाल र बङ्गलादेश झण्डै एक वर्षपछि खेल्न लागेका हुन् । गएको वर्ष माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल र बङ्गलादेशले १/१ गोलको बराबरी खेलेका थिए । मैत्रीपूर्ण खेलका लागि नेपालले २३ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

 

प्रकाशित: ८ आश्विन २०७९, शनिबार ०६:०३

Leave a Reply