No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

टर्कीले काठमाडौँमा दूतावास स्थापना गर्ने

0

काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्का र टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुबीच शुक्रबार दिउँसो टेलिफोन वार्ता भएको छ ।

उनीहरूबीच भएको वार्तामा निकट भविष्यमा काठमाडौँमा टर्कीको राजदूतावास स्थापना गर्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो अवसरमा उनीहरूबीच द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित: २३ मंसिर २०७९, शुक्रबार १७:१८

Leave a Reply