No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

धौलागिरि अस्पताललाई सुविधा सम्पन्न एम्बुलेन्स

0

बागलुङ । धौलागिरि अस्पताल बागलुङलाई नयाँ एम्बुलेन्स हस्तान्तरण गरिएको । बागलुङ नगरपालिका र बागलुङ अष्ट्रेलिया समाजको सहयोगमा खरिद गरिएको एम्बुलेन्स अस्पताललाई हस्तान्तरण गरिएको हो ।

एम्बुलेन्स खरिद गर्नका लागि बागलुङ नगरपालिकाले ३२ लाख र बागलुङ अष्ट्रेलिया समाजले २८ लाख दुई हजार सहयोग गरेको थियो । गत सालको मङ्सिरमा अस्पताल विकास समितिले विविध कारण देखाउँदै बागलुङ समाज अष्ट्रेलियाले पठाएको सो रकम फिर्ता गरेको थियो ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले एम्बुलेन्सको सदुपयोग गर्नुपर्ने बताए । एम्बुलेन्स खरिदका लागि रकम जुटाउन समन्वय गर्ने पुनम शर्मा र जमुना विष्टले एम्बुलेन्सको सदुपयोग हुनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित: २४ मंसिर २०७९, शनिबार ०७:४०

Leave a Reply