No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नासोको रुपमा श्रीपेच छोडेर गएको शक्तिलाई सम्बोधन गरियोस्

0

जनकराज पाठक ।

१)राजतन्त्र र राजसंस्था नितान्त दुई फरक चिज हुन् । राजतन्त्रले शासन गर्छ भने राजसंस्था प्रजातन्त्रको परिधिभित्र एकताको प्रतिकको रुपमा उपस्थिति जनाउँछ । जसले प्रजातन्त्रलाई थप बलियो वनाउन मद्दत गर्छ । बेलायत,स्पेन,नर्वे,स्विडेन ,जापान लगायतका देशहरूमा राजतन्त्र छैन केवल एकताको प्रतिकको रुपमा राजसंस्था छ । नेपालमा पनि राजतन्त्र हैन राजसंस्थाको आवश्यकता दिनप्रतिदिन बढ्दै गएको बहस चलेको छ । राजतन्त्र र राजसंस्थाबीचको फरक यही हो । नेपाली जनताले चाहेको राजसंस्था हो तन्त्र हैन ।

२)नेपालको राजसंस्थाले २००७ सालमा जहाँनिया राणा शासनकोविरुद्ध प्रजातन्त्र स्थापनार्थ राजगद्दी समेत दाउमा लगाएको इतिहास ताजै छ । आजको नेपाल खडा गर्ने एकमात्र संस्था राजसंस्था हो । २०४६को राजनीतिक परिवर्तनको समयमा नेपाललाई भुटान हुनवाट जोगाउने संस्था पनि राजसंस्था नै हो । अझ ०६२/६३ को आन्दोलन पछि शान्तिपूर्ण रुपमा प्रजातन्त्रलाई सहयोग पुर्याउँदै विना रक्तपात पत्रकार सम्मेलन गरेर आफ्नो राजगद्दी र श्रीपेज नासोको रुपमा छोडेर शान्तिपूर्ण रुपमा देशभित्र नै जिवनयापन गर्ने गरि अघि बढेको संस्था पनि राजसंस्था नै हो । यो सत्य र यथार्थतालाई अव वुझ्न ढिला गर्नु हुँदैन ।

३)संसारमा आजका धेरै सम्पन्न देशहरूमा राजसंस्था हटेर फेरि फर्केका उदाहरण छन् । त्यस्तो किन हुन्छ भने त्यो देशको ठोस आवश्यकताको परिवेश के हो ? त्यसमा भरपर्छ । नेपालको भौगोलिक अवस्था र नेपालमा राष्ट्रिय एकताको लागि साझा संस्थाको रुपमा आज देशभरि राजसंस्था को पक्षमा आवाज उठिरहेको छ।सार्वभौम जनताको यो माग अब माग मात्र रहँदैन यसलाई सम्बोधन नगरे आन्दोलनको ज्वारभाटा उठ्ने छ र यो ज्वारभाटाले यो व्यवस्थाको अन्त्य हुने निश्चित छ ।

४)गणतन्त्र उच्चतम सिद्धान्त हुँदै हैन। उच्चतम सिद्धान्त भनेको देशको ठोस आवश्यकताको परिवेशमा त्यसले कत्तिको योगदान गरेको छ वा छैन त्यो सँग जोडिन्छ ।

कुनै पनि सिद्धान्तले त्यो देशको जनताको आकाक्षांलाई कुनहद सम्म स्विकारेको छ मुल प्रश्न त्यो हो। अन्तमा निर्वाचन सम्पन्न भइ नयाँ सरकार वन्ने चरणमा मुलुक प्रवेश गरेको छ । निर्वाचनमा कुनै दलले बहुमत हासिल गरेको छैन । सरकार दुई वा दुइभन्दा बढी दलको बन्ने निश्चित छ । यसरी सरकार बन्दै गर्दा हिजो श्रीपेच नासोको रुपमा छोडेर गएको एउटा शक्ति पनि मुलुकमा छ भन्ने हेक्का रहोस् र सरकार निर्माण सँगै वस्ने संसदको बैठकबाट त्यो शक्तिलाई स्थान दिइयोस् । त्यसले मुलुकमा राजनीतिक स्थिरता दिन्छ।

प्रकाशित: ५ पुष २०७९, मंगलवार ०५:२०

Leave a Reply