No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रधानमन्त्रीसँग मुख्यमन्त्री जमकट्टेलको भेट

0

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले मुख्यमन्त्रीमा नियुक्त भएकामा जमकट्टेललाई बधाई तथा शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नवनियुक्त मुख्यमन्त्री जमकट्टेल नेकपा (माओवादी केन्द्र)का नेता हुन् । नेकपा (एमाले)लगायत सत्ता साझेदार दलको सहयोगमा उहाँ सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित: २८ पुष २०७९, बिहीबार ०५:२३

Leave a Reply