No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेप्सेमा दोहोरो अंकको गिरावट

0

काठमाडौं । शेयर बजार नेप्से सोमबार दोहोरो अंकले घटेको छ । सोमबार नेप्से १३ दशमलव ७१ अंकले घटेर दुई हजार एक सय ६५ दशमलव १० विन्दुमा झरेको छ ।

बैंक र म्युचुअल फण्डबाहेक सबै समूहको शेयर घटेको दिन आज जलविद्युत्, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अंकले ओरालो लागेको छ ।

दुई सय ५७ वटा कम्पनीका एक करोड सात लाख ५९ हजार कित्ता शेयर तीन अर्ब ८६ करोड ४० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै कुमारी बैंकको २७ करोड ४८ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावर कम्पनीको शेयर झण्डै आठ प्रतिशत तथा लिबर्टी इनर्जीको शेयर सात प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेपनि आदर्श लघुवित्त, सानिमा जीआइसी इन्सुरेन्स, कुमारी बैंक र स्टान्डर्ड चार्टड बैंकको शेयर १० प्रतिशतले बढेको छ ।

प्रकाशित: ९ माघ २०७९, सोमबार १०:१३

Leave a Reply