No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बक्सिङ खेलाडी सुष्मा तामाङ सम्मानित

0

काठमाडौं । शिरिश फाउण्डेशनले थाइल्याण्डको बैंककमा भएको यु–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जित्न सफल सुष्मा तामाङलाई सम्मान गरेको छ ।

आइतबार फाउण्डेशनकी कोषाध्यक्ष सपना गुरुङले सुष्मालाई नगद २५ हजारसहित एक कार्यक्रमबीच सम्मान गरिन् ।

फाउण्डेशनले सुष्मालाई नगदसहित प्रशिक्षण सामग्री, खेल पोशाकलगायतमा सहयोग गर्ने गरी गत भदौदेखि १ वर्षका लागि प्रायोजन गरेको थियो ।

यही जनवरी १६ देखि २७ तारिखसम्म भएको प्रतियोगितामा सुष्माले भियतनाम र मङ्गोलियाका खेलाडीलाई पराजित गर्दै नेपाली बक्सिङमा इतिहास रच्ने क्रममा रजत पक्का गरेकी थिइन् । फाइनलमा भने सुष्मा उज्वेकिस्तानकी खेलाडीसँग पाराजित भइन् ।

 

प्रकाशित: १५ माघ २०७९, आईतवार १७:०३

Leave a Reply