No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

केकी ‘जय हो’ को नायिकामा अनुबन्धित

0

काठमाडौं । अभिनेत्री केकी अधिकारी फिल्म ‘जय हो’को नायिकामा अनुबन्धित भएकी छन् । फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेतको जन्मदिनको अवसरमा आइतबार केकीसँग लिखित सहमति गरिएको हो ।

फिल्ममा केकीसंगै अब अर्पण थापा, सलोन बस्नेत र माओत्से गुरुङ तय भइसकेका छन् । टेक पौरखी राईले निर्देशन गर्ने फिल्म आगामी फागुन २५ गते देखि छायांकनमा जाने छ फिल्म पोखरा र मुस्ताङको विभिन्न स्थानमा छायांकन गरिने निर्माण टिमले जानकारी गराएको छ ।

सुरेश न्यौपानेको कथा रहेको फिल्म। एक्सन तथा लभस्टोरी जनरामा निर्माण हुन लागेको फिल्ममा शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत सौरभ लामाको छायांकन रहनेछ।

’जय हो’मा राज के अधिकारी र सुरज सरकारले लगानी गर्नेछन् । अधिकारी र सरकार जय हो बिजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् ।

प्रकाशित: २३ माघ २०७९, सोमबार ०५:५५

Leave a Reply