No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अष्ट्रेलियाको तासमेनियामा नेपथ्य अष्ट्रेलिया श्रृंखलाको अन्तिम प्रस्तुति

0

होबार्ट । अष्ट्रेलियाली टापु तासमानियामा शुक्रबार बेलुकी अन्तिम प्रस्तुतिसँगै यो वर्षको नेपथ्य अष्ट्रेलिया श्रृंखलावद्ध यात्राको समापन भएको छ । अष्ट्रेलियाका अन्य प्रान्तीय राजधानीहरुभन्दा शान्त होबार्ट सहरमा ऐतिहासिक महत्वको १०७ वर्ष पुरानो सभागृह ‘ओडियन थिएटर’ दर्शकले भरिभराउ थियो ।

आफ्नो प्रिय ब्याण्ड नेपथ्यलाई दोस्रोपटक यस सहरमा पाएर रमाएका नेपालीले अधिकांश गीतमा मञ्चका कलाकारलाई साथसाथै गाएर सघाएका थिए । शुक्रबार स्थानीय समय अनुसार बेलुकीको ठीक ९ बजेदेखि कन्सर्ट सुरु भएको थियो । कार्यक्रममा अन्यत्रजस्तै ब्याण्डको स्थापनाकै पहिलो गीत ‘आँगनैभरि हिउँ नै झरे’ बाट सुरु गरियो ।

दोस्रो प्रस्तुतिका रुपमा ‘छेक्यो छेक्यो’ र त्यसपछि पनि क्रमशः ‘भेँडाको ऊन’ र ‘लामपाते सुरती’ हुँदै अघिबढेको कन्सर्ट अवधिभर नेपथ्यले उसका पुराना र नयाँ गीतहरु सुनाउँदै गएको थियो । कन्सर्टका बेला सँधैजस्तै नेपथ्यका मुख्य गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

यसवर्ष जारी अष्ट्रेलिया यात्राका दौरान तासमानियाको यो कन्सर्ट श्रृंखलामध्येको आठौं प्रस्तुति थियो । यसअघि डार्बिन, एडिलेड, ब्रिसबेन, क्यानबेरा, पर्थ, सिड्नी र मेलबर्नमा सफलताका साथ कन्सर्ट सम्पन्न भइसकेका छन् ।

 

प्रकाशित: ६ फाल्गुन २०७९, शनिबार १५:३१

Leave a Reply