No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बद्री पंगेनीको ‘पैसा सापटी’

0

काठमाडौं । गायक बद्री पंगेनी र रचना रिमालको स्वरमा ‘पैसा सापटी’ नामको गीत बजारमा आएको छ । गीत, पैसा सापटी दिएपछि उत्पन्न हुने अवस्थालाई समेटेर तयार पारिएको छ ।

मानिसहरूले समस्या देखाएर पैसा सापटी माग्ने तर पैसा लगेपछि तिर्न नमान्ने बेथिति बढी रहेको विषय गीतमा समेटिएको हो । पैसा सापटी दिएपछि बोलचालसमेत हराउने गरेको भिडियोमा देखाइएको छ ।

बद्री पंगेनीकै रचना रहेको गीतमा विश्वास नेपालले संगीत भरेका हुन् । भिडियोमा सागर लम्साल ’बले’ अनु रेग्मी, नन्द बस्याल, सन्तोस पौडेल ‘बटुक’ लगायतको अभिनय छ।

प्रकाशित: १८ फाल्गुन २०७९, बिहीबार ०६:४०

Leave a Reply