No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पोखरामा बसको ठक्करबाट युवतीको मृत्यु

0

पोखरा । पोखरामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । शुक्रबार बिहान नगरबसले ठक्कर दिँदा स्कुटर चालक झापाको दमककी २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो ।

पोखरा महानगरपालिका–४ चिप्लेढुङ्गामा ग१ख ७१०८ नम्बरको बसले कार्कीले चलाइरहेको ग९प ९९८९ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।

कार्कीको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए । बसचालक सागर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित: ३ चैत्र २०७९, शुक्रबार ०४:०५

Leave a Reply