No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

इण्डियन आइडलको उपाधि ऋषि सिंहलाई

0

मुम्बई। भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल १३’ को उपाधि ऋषि सिंहले जितेका छन् । अडिसन राउण्डदेखि नै निर्णायक र दर्शकको नजरमा परेका उनले उपाधि जितेका हुन् ।

उत्तर प्रदेशको अयोध्याका ऋषिले २५ लाख रुपैंयाँ र एक कार पनि जितेका छन् । शोमा कोलकाताकी देवोष्मिता राय फस्ट रनरअप र जम्मू कश्मीरका चिराग कोतवाल सेकेण्ड रनरअप भए ।

शोको पछिल्लो भागको ड्रिम फिनालेमा ऋषिसहित सोनाक्षी कर, बिदिप्ता चक्रवर्ती, शिवम सिंह, चिराग कोतवाल र देवोष्मिता रायले गीत गाएका थिए । यो भागमा ‘इण्डियाज बेस्ट डान्सर’का निर्णायक गीता कपूर, टेरेन्स लुईस र सोनाली बेन्द्रे पुगेका थिए ।

शोको फिनाले सञ्चालन आदित्य नारायण झा र कमेडीयन भारती सिंहले गरेका थिए । शोको निर्णायकमा हिमेश रेशमिया, विशाल ददलानी र नेहा कक्कड थिए ।

प्रकाशित: २० चैत्र २०७९, सोमबार ०७:२७

Leave a Reply