No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘प्रसाद २’ को प्रदर्शनमा अदालतको अंकुश

0

काठमाडौं । उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न आदेश दिएको छ । मंगलबार उच्च अदालतका न्यायाधीश सुदर्शन पाण्डेको एकल इजलासले अन्तरिम आदेशसँगै कारण देखाउ आदेश समेत जारी गरेको हो ।

आफ्नो ९० प्रतिशत स्वामित्व रहेको फिल्म ’प्रसाद–२’ दश प्रतिशत स्वामित्व रहेकाले विना अनुमती प्रदर्शन गर्न लागेको भन्दै केशव पाण्डेले चलचित्रको तत्काल प्रदर्शन रोक्न माग गर्दै रिट दायर गरेका थिए ।

‘प्रसाद २’ का निर्माता सुवास थापाले चलचित्रमा सबै लगानी गरेर ९० प्रतिशत स्वामित्व हुने सम्झौता गरे पनि आफ्नो पैसा पनि फिर्ता नदिएको र स्वामित्व पनि नदिएको पाण्डे पक्षको दाबी छ।

सोमबार चलचित्र विकास बोर्डमा बसेको सरोकारवालाको बैठकले चलचित्र प्रदर्शनका लागि सहमति दिने निर्णय गरेको थियो । तर पाण्डेले सहमति पत्रमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए ।

प्रकाशित: २१ चैत्र २०७९, मंगलवार १०:४२

Leave a Reply