No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मेघ पौडेलको ‘आँखाको नानी भित्र’

0

काठमाडौं । गायक मेघ पौडेलको ‘आँखाको नानी भित्र’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सिडी विजय अधिकारीको शब्द, संगीत रहेको गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको छ ।

गीतमा मिक्स र मास्टरिङ राजु कार्कीले गरेका हुन् । प्रेम र रोमान्सले भरिएको प्रेमगीतको भिडियोमा एक प्रेमील जोडीको रमाइलो कथालाई निर्देशक प्रकाश धितालले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।

जसमा मोडल विकाश चौहान र पु्नम गौतमको प्रेम र रोमान्स देख्न सकिन्छ । भिडियोले मायामा डुबेपछि प्रेमी र प्रेमीकाको सुन्दरताको वर्णन गरेको कुरालाई मोडलद्वय विकास र पुनम मार्फत देखाएको छ । उत्सव दाहालको छायाँकन तथा विकास दाहालको सम्पादन र कलिरिङ रहेको आँखाको नानीभित्र गायक स्वयंकै च्यानल अनिमेघ क्रियशनबाट बजारमा आएको हो ।

भिडियोको निर्माण सपना मेघ पौडेलले गरेकी हुन् । जर्नी नामक एल्बमबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका गायक मेघका इन्टु मिन्टु लण्डन, मनै त हो, ह्याप्पी बर्थ डे, सायद, तिमी छौ र म छु, हामी वीर गोर्खाली, लगायतका दजैनौँ गीतहरु बजारमा आइसकेका छन् ।

प्रकाशित: २५ चैत्र २०७९, शनिबार ०५:५३

Leave a Reply