No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

डोल्पाको जगदुल्लाका सबै घरपरिवारको स्वास्थ्य बीमा

0

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिकाले सबै घरपरिवारको स्वास्थ्य बीमा गरेको छ । गाउँपालिकाले एकै पटक पाँच सय ५९ घरपरिवारको स्वास्थ्य बीमा गरेको हो । स्वास्थ्य बीमा कार्यक्रमको महत्वलाई बुझेर गाउँपालिकाका सम्पूर्ण घरधुरी समेटिने गरी स्वास्थ्य बीमा गरिएको गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायले जानकारी दिए ।

गाउँपालिकाले स्वास्थ्य बीमाका लागि  १९ लाख २८ हजार आठ सय ५० रुपैया स्वास्थ्य बीमाबोर्डलाई भुक्तानी गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले जानकारी दिए ।

समुदायस्तरमा यस कार्यक्रमको महत्व र धारणाबारे सर्वसाधारणले बुझ्न नसकेकै कारण डोल्पामा विमितको सङ्ख्या नबढेको स्वास्थ्य बीमाबोर्ड डोल्पाका संयोजक राजनकुमार डाँगीले बताए ।

प्रकाशित: २८ चैत्र २०७९, मंगलवार ०७:२७

Leave a Reply