No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

इन्द्रजित मिजारको ‘घाम छायाँ’

0

काठमाडौं । वरिष्ठ गायक इन्द्रजित मिजार पुनः आफ्ना दर्शक र स्रोतामाझ आएका छन् । उनी नयाँ सांगीतिक कोशेलीसहित आफ्ना दर्शक र स्रोतामाझ आएका हुन् । उनले नयाँ कोशेलीको रुपमा ‘घाम छायाँ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गीतमा गायक इन्द्रजित रिजालको स्वर रहेको छ भने कृष रिजालको शब्द र संगीत छ ।

जसमा एजाज अलीको एरेन्ज रहेको छ । एक समय नेपाली फिल्मको पार्श्व गायनका चर्चित गायक मिजारका ‘टुनाको धुनमा डाँडा पारी जुनमा’ जस्ता कयौँ गीत नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय भएका छन् । कयौँ फिल्मका गीत गायका मिजारको ‘के भन्ने हाम्रो समय अब यो बाटो मेरै हो कि, पिरतीको मिठो तिर्सना’ लगायतका गीत चर्चित छन् ।

प्रकाशित: २ बैशाख २०८०, शनिबार ०७:४२

Leave a Reply