No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शेयर बजारमा तीन अंकको गिरावट

0

काठमाडौं । शेयर बजार नेप्से मंगलबार ३ अंकले घटेको छ । सोमबार २३ अङ्कले घटेको नेप्से मंगलबार ३ अङ्कले घटेर एक हजार नौ सय चार दशमलव नौ आठ विन्दुमा झरेको छ । आज होटल तथा पर्यटन, म्युचल फन्ड र नि  र्जीवन बीमाबाहेक अरू समूहको शेयर घटेको छ ।

आज दुई सय ६६ वटा कम्पनीका २९ लाख ७५ हजार कित्ता शेयर ८७ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै प्रभु बैंकको प्रोमोटरको पाँच करोड २६ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै खप्तड लघुवित्तको शेयर पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि कालिञ्चोक दर्शन लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ ।

 

प्रकाशित: ५ बैशाख २०८०, मंगलवार १०:०२

Leave a Reply