No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मुख्य दलहरू विफल भइसकेकाले अब जनताको आशा र भरोसा राजसंस्थाः सहायक महामन्त्री खड्का

0

काभ्रे । राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री विजय खड्काले अब मुलुकको एकमात्र आशाको दियो राजसंस्था भएको वताएका छन् ।

शुक्रबार रोशी –७ काभ्रेको राप्रपा वडा अधिवेशनको उद्घाटन गर्दै खड्काले अहिलेको मुख्य दलहरू विफल भइसकेको अवस्थामा जनताको आशा र भरोसा राजसंस्थामा रहेको बताए ।

गलत मार्गचित्रवाट मुलुक आर्थिक ,सामाजिक ,राजनीतिक सवै क्षेत्रमा विफल भएको र अहिलेको अवस्थामा मुलुकको आशाको दियो राजसंस्था मात्र भएको दावी गरे । उनले पुरानादेखि नयाँ खोलिएको सवै दलहरूको कित्ता एउटै भएको र राप्रपा मात्र संवैधानिक राजसंस्था ,सर्वधर्म समभाव सहितको वैदिक सनातन हिन्दु राष्ट्रको पक्षमा तथा मुलुकलाई सेतो हात्ती सावित भएको संघीयताकोे विरोधी पार्टी भएको बताए ।

संघीयता र गलत आर्थिक नीतिको कारण मुलुक टाट पल्टिने अवस्थामा पुग्नुमा दलमात्रको नभै वर्तमान व्यवस्था र राजनीतिक मार्गचित्रनै दोषी रहेको उनले बताए । राप्रपाले राष्ट्रव्यापी संगठन गर्दै शक्ति संचय गरेर केही समयमानै सशक्त आन्दोलनको नेतृत्व गर्ने र सो आन्दोलनले नयाँ विकल्प दिने उनले बताए ।

संसारमै सम्वर्धनवादी शक्तिको उदय भएको समयमा नेपाल पनि अछुतो रहन नसक्ने बताउँदै निरन्तरता सहितको परिवर्तनको सम्वर्धनवादको आलेकमा राप्रपाको नेतृत्वमा मात्र मुलुकले काँचुलि फेर्न सक्ने उनले बताए । कुबेर गौतमको सभापतित्वमा भएको कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य श्रीकृष्ण श्रेष्ठ कार्यवाहक जिल्ला अध्यक्ष गणेशलाल श्रेष्ठ ,अभियन्ता शिव हुमागाई लगायतले नवनिर्वाचित कार्यसमितिलाई वधाई दिएका थिए।

अधिवेशनले कमल गौतमको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन गरेको छ।राप्रपा काभ्रेमा संगठन निर्माण अभियान तिव्रताको साथ अगाडि वढेको छ,केही समयमै जिल्ला अधिवेशन हुने वताईएको छ।

प्रकाशित: ८ बैशाख २०८०, शुक्रबार १३:५४

Leave a Reply