No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘देव वाणी’ को वैशाख १९ गतेबाट छायाँकन

0

काठमाडौँ । निर्देशक बाबु साहेव बलामीको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘देव वाणी’ आगामी वैशाख १९ गतेबाट वीरगन्ज र तराईका विभिन्न स्थानमा छायाँकन हुने भएको छ ।

चलचित्रको केही दिनअघि काठमाडौंको एक स्टुडियोमा गीत रेकर्डिङ गरिएको थियो । मनोहर सुनामको संगीत रहेको गीतमा गायक प्रताप दास र गायिका सुनिता कार्कीले स्वर दिएका छन् ।

मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा कुन्दन भाद्वाज, अनुजा लेप्चा सुनिल थापा, ध्रुब कोइराला, देव सिंह, काजोल राघवाणी र मौसम पौडेलको अभिनय रहनेछ । फिल्ममा निराजन मेहता मन्जिलको कथा, हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व रहनेछ ।

मौसम पौडेल प्रस्तुतकर्ता रहेको फिल्ममा मिना खड्का र हिराबहादुर लेप्चा निर्माता छन् । महेन्द्र यादव कार्यकारी निर्माता रहेको फिल्ममा तेञ्जु योञ्जनको कोरियोग्राफी र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहनेछ । चलचित्र नेपाली र भोजपुरी भाषामा निर्माण हुनेछ।

प्रकाशित: १३ बैशाख २०८०, बुधबार ०४:०६

Leave a Reply