No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मर्यादामा आँच पुग्नेगरी नबोल्न ओलीलाई संवाद सचिवालयको चेतावनी

0

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरेको संवाद सचिवालयले जनाएको छ । शुक्रबार सचिवालयले सूचना जारी गरी पूर्वराजा शाह, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाहले कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरेको स्पष्ट पारेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वयुराज्ञ हिमानी शाहले ट्वीट गर्दै आफूलाई आक्रमण गरेकोमा खुसी व्यक्त गरेको भन्दै आक्रोश पोखेपछि संवाद सचिवालयले विज्ञप्ति जारी गरी यसबारे जानकारी गराएको हो । इलाममा बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पूर्वराजा शाहलाई छोरा र बुहारी अघि सारेर फुरफुर नगर्न चेतावनी दिएका थिए ।

प्रकाशित: १५ बैशाख २०८०, शुक्रबार ०८:४३

Leave a Reply